काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि माग गरेको छ।सोमबार संसदमा समय माग गरेर एमाले सांसद लालबाबु पण्डितले राणाविरुद्ध दर्ता भएर सदनमा अड्किएको प्रस्ताव अघि बढाउन ध्यानाकर्षण गराएका हुन्।
पण्डितले संसदमा भने, ‘महाअभियोग प्रस्ताव किन ल्याइयो र अहिले अघि बढाइँदैन?’ गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव सदनलाई जानकारी गराए पनि अघि बढ्न सकेको छैन।
महाअभियोग पारित गर्न दुई तिहाइ बहुमत चाहिने भए पनि प्रतिपक्षी एमालेको सहयोगविना पारित हुन नसक्ने भएकाले सत्ता पक्षे अघि बढाउन नचाहेको हो।महाअभियोगबारे छाननिब गर्न ११ सदस्यीय समिति गठन भए पनि त्यसलाई काम दिन सत्तन पक्ष तयार भएको छैन।आउँदो मंसिर २७ गते राणाले अवकास पाउने भएको त्यो बेलासम्म उनलाई निलम्बनमै राख्ने रणनीति सत्ता गठबन्धनले लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १४ : २९
लेखकबाट थप