काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले रातारात पेट्रोलियम पदार्थको भाउमा छलाङ मारेको भन्दै टिप्पणी गरेका छन् ।
आइतवार राति पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘पम्फा–प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलाङ मारेछ ।’उनले विगतमा मूल्यवृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरूमध्ये सत्ता गठबन्धन निकटकालाई खोज्नुपर्ने बेला आएको समेत टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सम्बोधन गर्दै उनले लेखेका छन्,‘लौ न माधव कम्रेड, सुदेश पराजुली खोज्नुपर्यो ।’
पराजुली एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ११ : ४३
लेखकबाट थप