चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ ।
भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले बताए ।
छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्नेमा जोड दिईन् ।
भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ । पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो ।
पोखरा महानगरपालिकाले राखेको जिज्ञासामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत, विभिन्न शाखा तथा उपशाखाका कर्मचारीले अनुभवहरु सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ०९ : ३५
लेखकबाट थप