स्वास्थ्य बीमा गराउन करदातालाई ५० प्रतिशत अनुदान दिने मेयर बालेनको घोषणा

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १७ : २६
स्वास्थ्य बीमा गराउन करदातालाई ५० प्रतिशत अनुदान दिने मेयर बालेनको घोषणा

काठमाडौँ  । काठमाडौं महानगरपालिकाका करदातालाई स्वास्थ्य बीमा गराउन कम्तीमा ५० प्रतिशत अनुदान दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै प्रमुख बालेन साहले उक्त घोषणा गरेका हुन् । महानगर स्वास्थ्य ऐन जारी गरिने, शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य केन्द्रको रूपमा परिणत गरी नगरवासीको नियमित स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस