काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा विश्वराज पोखरेलले दायर गरेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ।सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो।
गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको थियो। वैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएका एआईजी विश्व प्रकाश पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए।
सरकारले पहिलो वरीयतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरीयतामा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको हो।पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गर्नु प्रहरी ऐनविपरीत भएको भन्दै रिट दायर गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १७ : १५
लेखकबाट थप