अखिल क्रान्तिकारीको बैठकमा प्रचण्ड अनुपस्थित

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १५ : ०९
अखिल क्रान्तिकारीको बैठकमा प्रचण्ड अनुपस्थित

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा विवाद भएको छ।आइतबारदेखि काठमाडौँमा सुरु भएको अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठकमा दुई समूहबीच विवाद हुँदा हात  हालाहाल भएको छ।

तीनकुनेस्थित रोयल व्यांक्वेटमा बैठक सुरु हुनुअघि नै दुई समूहबीच विवाद भएको हो।कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित हुने पूर्वनिर्धारित कार्यक्रम थियो। बैठकमा विवाद हुने थाहा पाएपछि प्रचण्ड नगएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस