प्रधानमन्त्री देउवा नआएपछि संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, ११ : ३२
प्रधानमन्त्री देउवा नआएपछि संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन्।अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन्।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन।समितिको बैठक भने जारी छ।

प्रतिक्रिया दिनुहोस