पूर्व-माओवादीहरू एकैठाउँ आउने वातावरण बनेको छ : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १० : ३७
पूर्व-माओवादीहरू एकैठाउँ आउने वातावरण बनेको छ : प्रचण्ड

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताएका छन्। 

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौं,’ उनले भने, ‘अब चाँही हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डको भनाइ छ। परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर अझै अघि बढ्ने प्रचण्डको दाबी छ।उनले परिवर्तनलाई उल्ट्याउने तत्वहरु अझै लागि परेको भन्दै कर्मचारीलाई पनि सचेत हुन आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस