काठमाडौं । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ ।
देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको छ । शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।
उक्त बैठकले सरकारको भनाइ मौखिकरूपमा नभइ निर्णयका रूपमा आउनुपर्ने ठहर गरेको थियो । यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ ।
समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
देशको स्वाधीनताको झण्डा झुक्न दिनु हुँदैन : प्रधानमन्त्री ओली
मौरीको संगत गर्नुस्, झिँगाले फोहोरको डंगुरमा पुर्याउँछ : प्रधानमन्त्री ओली
सहकारीसम्बन्धी अध्यादेशमा भएका प्रावधान परिमार्जन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव