काठमाडाैँ । गोरखा शहीद लखन गाउँपालिका–७ बुंकोटस्थित तिवारी गाउँमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको गोरखाका एसपी केदार खनालले जानकारी दिए। उनका अनुसार आगलागीमा परी वस्तीको शरीर ९० प्रतिशत जलिसकेको अवस्थामा भेटिएको हो।
शुक्रबार राति पानी वा चिया तताउन ग्यास खोल्दा आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बस्तीभन्दा अलि पर जंगलमा केशरीमाया एक्लै बस्ने गरेकी थिइन्। शनिबार बिहान ६ बजेतिर गाईवस्तुलाई घाँस राख्न जाँदा उनकै छोराले देखेर प्रहरीलाई खबर गरेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १३ : १९
लेखकबाट थप