काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए ।
उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरुको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेको समाचार बाहिरिएको सम्बन्धमा छानविन हुनुपर्ने बताए । उनले गल्ती गर्नेहरु कानुनी दायरामा आउनुपर्ने बताए ।
त्यस्तै, नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले मन्त्री आलेको गाली गलौज प्रकरणमा पार्टीको ध्यान गएको बताए । उनले पार्टीले यस विषयमा छानविन गर्ने पनि बताए । नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङलेले मन्त्री जस्तो व्यक्तिले उश्रृङ्खल शब्द प्रयोग गर्नु गलत भएको बताए । उनले कार्यकारी जिम्मेवारीमा रहने व्यक्तिले यस्तो शब्द र व्यवहारहरु प्रयोग गरे समाजलाई सहि गति दिन नसकिने बताए । उनले अनुसन्धानबाट कानुन विपरितको काम ठहरिए कानुन बमोजिम हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, २० : ३०
लेखकबाट थप