एसपिपीमा ओलीले थोपरे तत्कालीन प्रधानसेनापति क्षेत्रीमाथि दोष

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १७ : ३७
एसपिपीमा ओलीले थोपरे तत्कालीन प्रधानसेनापति क्षेत्रीमाथि दोष

काठमाडौं । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले एसपिपीमा आफ्नो नामसमेत जोडिएपछि तत्कालीन प्रधानसेनापति माथि दोष थोपरेका छन्।

२०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपिपी संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले त्यो आफ्नो अनुमति विनै भएको दाबी गरेका हुन्।शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिशक्षण कार्यक्रममा ओलीले आफूभन्दा अघिल्लो सरकारको अनुमतिअनुसार पत्र पठाइएको बताउँदै एसपिपी अघि बढाउन आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्।

तर सेनाका रिटार्य एक उच्च अधिकारीका अनुसार जंगी अड्डा कुनै पनि निर्णय लिँदा पदमा रहेको उच्च अधिकारीसँग अनुमति लिएर मात्रै गर्छ। ती अधिकारीले भने, ‘बाहलवाला प्रधानमन्त्री वा रक्षाको अनुमति वेगर सेनाले केही पनि गर्दैन।’

२०७२ असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्लाई एसपिपीमा आबद्ध हुन अनुमति प्रदान गरेको थियो। जति बेला सुशील कोइराल प्रधानमन्त्री थिए।ओली असोज २४ गते प्रधानमन्त्री भए भने कात्तिक १० गते सरकारको अनुमतिमा भन्दै क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका थिए।

आफू प्रधानमन्त्री हुँदा पत्र गएको तथ्य सार्वजनिक भएपछि ओलीले भने, ‘हामी कतै पनि बताइएन। २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए। तर कात्तिक १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्। प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीको पालामा एसपिपीमा आबद्ध हुने प्रक्रिया अघि बढेको दाबी गरेपछि ओलीले त्यसमा उनको संलग्नता रहेको दाबी गरेका छन्। ओली दोस्रोपटक २०७४ वैशाखमा दाहाल प्रधानमन्त्री हुँदा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको दाबी गरे। दाहालले ओलीमाथि आरोप लगाए पनि त्यसबेला माओवादी पनि सरकारमा सहभागी थियो।

उनले आफ्नो आफू नेतृत्वको सरकारले एसपिपीमा सहभागी हुने प्रक्रिया रोकेको र त्यसबारे छानबिन समिति बनाएर काम गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस