काठमाडाैँ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा काठमाडौँस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् ।
‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनु पर्दैन भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न नहुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, योबीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १४ : ०५
लेखकबाट थप