चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १३ : ०३
चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी

काठमाडाैँ। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।

काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो  अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस