काठमाडौं । नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ।
अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ। प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिकामा प्रमुख जितेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा