रुकुम । ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्रका) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमा समेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।
उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन । अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गते तोकिएको छ ।
माओवादी केन्द्रले उपप्रमुखमा देववहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित तथा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड