एजेन्सी । इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले (आईएचआर) ले जनाएको छ ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो । तर, कुनै पनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छैनन् नत सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको हत्या गरेको अभियोग लागेको थियो । उनी सन् २०१९ मा पक्राउ परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ जेठ २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
भारतमा प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाइ मृत्युदण्डको सजायँ