एजेन्सी । राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी(ट्वान्टी क्रिकेटको डेब्यु प्रतियोगितामै फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन जोडे । कप्तान हार्दिक पाण्डयले अविजित ४० रनको योगदान गरे । यसअघि कोलकता टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो ।
राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाए ।पराजित राजस्थानलाई अब इलिमिनेटरमार्फत फाइनल पुग्ने अवसर छ । दोस्रो क्वालिफायरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनल प्रवेशका लागि राजस्थानसंग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ जेठ २०७९, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपीएल : गुजरात बिरुद्ध दिल्लीको रोमान्चक जीत
आइपीएल : गुजरातसँग हार्यो चेन्नई
आइपीएल : नाटकीय खेलमा मुम्बईको जीत, पञ्जाब ९ रनले पराजित