हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौंडा-११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना१४प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, हेटौंडा-४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंंडा-५ शान्तिनगरका १९ वर्षका युवराज चौलागाईं छन् । पैदल हिँडिरहेका उनको शरीर खानतलासीको क्रममा ४५ ट्याब्लेट नाइट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै प्रहरीचौकी हेटौंडा बसपार्कको टोलीले लागूऔषध नुर्फिन, डाइजेपाम, फेनार्गन र नाइट्रोभेटसहित बकैया-४ घर भई हेटौंडा-११ मा डेरा गरी बस्दै आएका ३३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको छ । घलानको झोला खानतलासीको क्रममा लागूऔषध नुर्फिन, डाइजेपाम र फेनार्गन एक-एक सय एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला डीएसपी कार्कीले बताए । लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
रेड पाण्डाको छालासहित एक जना पक्राउ
रेड पाण्डाको छालासहित एक जना पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ