काठमाडौं ।यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।
निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । हलमा अझै प्रदर्शनरत फिल्म आरआरआर र केजीएफ २ को ओटीटी रिलिजको चर्चा बढ्दो छ । यद्यपि चर्चाकै बीच फिल्म ओटीटीमा पनि आउने भएको छ । ‘केजीएफ : च्याप्टर २’ अमेजन प्राइम भिडियोमा रेन्टमा उपलब्ध भइसकेको छ भने अर्को प्रतीक्षित फिल्म ‘आरआरआर’ आउँदो महिना जुनमा स्ट्रिमिङ हुनेछ ।
फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुने भनिएता पनि जुन महिनामा मात्र आउने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १४ : ५६
लेखकबाट थप