ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदका नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् । सोमबार बिहानको मतगणनाअनुसार उनले हालसम्म १९१५ मत पाएका छन् ।
यस्तै निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७३१ मत पाएका छन् । उनले दोब्बर भन्दा बढी मतान्तरले अग्रतालाई कायमै राखेका हुन् ।
यस्तै उपमेयरमा मञ्जलि शाक्यले ८४४ तथा बाबुराज बज्राचार्यले ४९७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर
ललितपुर महानगरले सङ्कलन गर्यो लक्ष्यभन्दा बढी राजस्व
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर