काठमाडौं । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् ।
पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । उनीहरूको मत अन्तर १ सय ४४ छ ।
पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रबि लामिछाने पक्राउको बिरोधमा पोखरामा प्रदर्शन
शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै