एजेन्सी । स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि स्पेन सरकारले हरेक महिनामा ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ ।
पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने पहिलो देश स्पेन हो । महिनावारीको समयमा हुने पीडाको लागि दिइने विदाको सीमा ३ दिन तोकिएको छ । स्पेन सरकारले आगामी सातादेखि देखि यी सुधारहरू लागू गर्न लागेको छ । त्यस्तै स्पेन सरकारका मन्त्रीहरुले विद्यालयले पनि किशोरीहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन आवस्यक रहेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाउका छन् ।
महिनावारीको समयमा अतिरिक्त ३ दिन विदा दिने देशहरूमा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया रहेका थिए भने अब यो सूचीमा स्पेन पनि थपिएको छ । स्पेन सरकारले यसको उद्देश्य महिलाहरुलाई असह्य पीडाका बेला सहयोग होस भन्ने रहेको जनाएको छ । त्यसैगरी स्पेनमा सेनेटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ बैशाख २०७९, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालद्वारा १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित