काठमाडौं ।स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याे सहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे । सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।
ताेडफाेडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेकाे छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएकाे प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुन: तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए ।
डाँगीका अनुसार टावर सुरक्षा घेराबार र अन्य सुरक्षा ब्यवस्था नभएकाले स्थानीयवासी र बाँदरले पनि क्षति गर्ने गरेको छ । प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४ सैं घण्टा टावरमा समय नदिने गरेकाे पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० वर्ष जति भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १४ : ०९
लेखकबाट थप