काठमाडौं । देशभरका विधालय आज बैशाख २८ गतेदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।
सरकारले भने मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।आधा भन्दा बढी बिधालय मतदान केन्द्र तोकिएको र शिक्षकहरुलाइ मतदान गर्न आफ्नो केन्द्रमा पुग्न सजह होस भन्ने जितले आजदेखि बिदा दिएको शिक्षक महासंघले जनाएको छ ।
वैशाख २८ र २९ गते बिदा दिएसँगै ३० गते मतदान गर्न दिन, बैशाख ३१ गते शनिबार, जेठ १ गते सरकारले आइतबार पनि विदा दिने निर्णय लागु हुने दिन र जेठ २ बुद्ध जयन्ती परेकाले बिधालय लगायत ६ दिन बिदा हुनेछन् ।
सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, ११ : ०९
लेखकबाट थप