चितवन । राजनीतिक खिचातानीले वदनामी जस्तै भएको भरतपुरस्थित बी.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल लाई पछिल्लो स्थितिमा ल्याउन तत्कालीन भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालको ठूलो देन छ ।
अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. बिजय चन्द्र आचार्यका अनुसार अस्पतालको अध्यक्ष नियुक्त नभइरहेको अवस्थामा अध्यक्षको जिम्मेवारी वहन गरेकी तत्कालीन भरतपुर महानगरकी मेयर दाहालको अग्रसरताका कारण धेरै कामहरु भएका छन् । दाहाल संग प्रत्येक्ष काम गरेको अनुभव सुनाउँदै आचार्य भन्छन, ‘उहाँ जस्तो जिम्मेवार अध्यक्षका कारण आफ्नो कार्यकाल अस्पतालको महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भयो । अहिलेसम्म त्यस बखत गरिएका कामको राम्रो प्रभाव कायम छ ।’ आचार्य उक्त अस्पतालमा २०७४ देखि २०७७ सम्म कार्यकारी निदेशक थिए । उनी निर्देशक रहेको १८ महिने कार्यकाल (२०७५ असोज देखि २०७६चैत) अस्पताल अध्यक्ष विहिन थियो तर, कामको हिसाबले सबै भन्दा धेरै काम गर्न सफल भएको थियो । त्यही कार्यकाल देखि अस्पतालले विगतमा बिग्रिएको आफ्नो साखः समेत आर्जन गर्न सफल भएको हो ।
अस्पतालको २५० शैया थप भवन सम्पन्न देखि अक्सिजन प्लान्ट स्थापनामा रेनु दाहालको महत्वपूर्ण भूमिका छ । त्यसो त उनीनै अध्यक्ष रहेको बखत अस्पतालले फोहर व्यवस्थापन परियोजना, मोलिक्युलर ल्याव स्थापना, नर्सिङ कलेज स्थापना, आईजिआरटि सहितको लिन्याक मेसिनको खरिद गरि प्रयोग शुरुआत गरिएको हो । यस अघि त्यस प्रकारको उपचारको लागि भारत जानुपर्ने बाध्यता थियो । शल्यक्रियाको लागि अध्याधुनिक आठ वटा मोडुलर शल्यक्रिया कक्षको स्थापनामा पनि निवर्तमान मेयरको ठूलो भूमिका छ ।
त्यसो त अस्पतालमा गरिएको डिजिटलाईट गर्ने विषय, सफ्टवेयरमा लाने निर्णय पनि दाहालकै अध्यक्षतामा सम्पन्न भएको हो । जुन निर्णय कार्यान्वयन भइ सकेको छ । आर्थिक पारदर्शीताको लागि अस्पतालको शुल्क बुझ्न कृषि विकास बैकको काउण्टर अस्पताल परिसरमै स्थापना गरि सकिएको छ ।
दक्षिण एसियाकै नमूना भनिएपनि आफ्नो पहिचान दिन नसकेको उक्त अस्पतालले निवर्तमान मेयरकै कार्यकालमा शुरु गरिएको अभियानबाट बेष्ट हस्पिटल अवार्ड समेत प्राप्त गरि सकेको छ ।
कर्मचारी कल्याणकारी कोषमा आधा महिना वरावरको सुविधा उपलब्ध गराउने, ईमर्जेन्सी ल्यावको सेवा स्थापना, विना धितो कृषिविकास बैकबाट कर्मचारिले ऋण लिन पाउने, हप्तामा छ दिन नै ओपिडि र अप्रेशन सेवा प्रारम्भ जस्ता कार्य समेत आचार्य कार्यकारी रहेको र निवर्तमान मेयर अध्यक्ष रहेको बखतनै उक्त अस्पतालले शुरु गरेको हो ।
सिटि स्क्यान, एमआरआई सेवामा नोडेट प्रणाली लागू गर्ने देखि पाठेघरको मुखको क्यान्सर को उपचारमा भित्री भागमा हुने क्यान्सर रेयिोथेरापी (ब्राकिथेरापि) मेसिन खरिद र सेवा प्रारम्भमा पनि दाहालनै अध्यक्ष भएको बखत शुरु गरिएको थियो । अस्पतालका बरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटाका अनुसार भरतपुर क्यान्सर अस्पताल सञ्चालन सम्बन्धी ऐन २०५३ को दफा ७ अनुसार भरतपुर महानगरपालिका प्रमुख अस्पताल सञ्चालक समितिको पदेन बोर्ड सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्था अनुसार सदस्य भएकी रेनु दाहालले २०७५ असोज देखि १८ महिना अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनलाई चिनाएको क्यान्सर अस्पताल
भरतपुर क्यान्सर अस्पतालले थप २ फार्मेसी थप्ने, डेन्टल सेवा चलाउने
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ