काठमाडाैँ । सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरूले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी ४ वटा हिमालबाट १७ टन फोहोर संकलन गरेको छ।
सगरमाथा र ल्होत्सेबाट कुहिने फोहोर ८ सय ९६ किलोग्राम, नकुहिने ५ हजार ४ सय ६९, कञ्चनजङ्गाबाट ६ सय ९ कुहिने र ६ हजार ३ किलोग्राम नकुहिने, मनास्लुबाट ५ सय ५५ किलोग्राम कुहिने र ३ हजार ४ सय ६८ किलोग्राम फोहोर गरेको नेपाली सेनाले जनाएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा २०७८ चैत्र २२ गतेबाट ‘सफा हिमाल अभियान २०२२' सञ्चालन भइरहेको छ।सगरमाथा/ ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरूसँग २०७९ वैशाख २६ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले भिडियोमार्फत हालसम्म भएका कार्य प्रगति विवरणका बारेमा जानकारी लिएका छन्।
प्रधान सेनापति महारथी शर्माले सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत परवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाले गरिरहेको कामको प्रशंसा गरेका छन्।योजना मुताबिक आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमानै सम्पन्न गर्न सकल दर्जालाई निर्देशन दिएका छन्।
सोही क्रममा शर्माले 'सफा हिमाल अभियान २०२२' अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मनास्लु हिमालको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि सेनाका सदस्यहरूले उक्त हिमाल आरोहण गर्ने योजना अनुरुप २०७९ वैशाख २४ गते बिहान ५ बजे नेपाली सेनाका सह-सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाको तर्फबाट पहिलो पटक कञ्चनजङ्घा हिमाल (८‚५८६ मिटर) को सफल आरोहण गरेको पनि बताए।
सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरूले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी ४ वटा हिमालबाट १७ टन फोहोर संकलन गरेको छ।
सगरमाथा र ल्होत्सेबाट कुहिने फोहोर ८ सय ९६ किलोग्राम, नकुहिने ५ हजार ४ सय ६९, कञ्चनजङ्गाबाट ६ सय ९ कुहिने र ६ हजार ३ किलोग्राम नकुहिने, मनास्लुबाट ५ सय ५५ किलोग्राम कुहिने र ३ हजार ४ सय ६८ किलोग्राम फोहोर गरेको नेपाली सेनाले जनाएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा २०७८ चैत्र २२ गतेबाट ‘सफा हिमाल अभियान २०२२' सञ्चालन भइरहेको छ।सगरमाथा/ ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरूसँग २०७९ वैशाख २६ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले भिडियोमार्फत हालसम्म भएका कार्य प्रगति विवरणका बारेमा जानकारी लिएका छन्।
प्रधान सेनापति महारथी शर्माले सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत परवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाले गरिरहेको कामको प्रशंसा गरेका छन्।योजना मुताबिक आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमानै सम्पन्न गर्न सकल दर्जालाई निर्देशन दिएका छन्।
सोही क्रममा शर्माले 'सफा हिमाल अभियान २०२२' अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मनास्लु हिमालको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि सेनाका सदस्यहरूले उक्त हिमाल आरोहण गर्ने योजना अनुरुप २०७९ वैशाख २४ गते बिहान ५ बजे नेपाली सेनाका सह-सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाको तर्फबाट पहिलो पटक कञ्चनजङ्घा हिमाल (८‚५८६ मिटर) को सफल आरोहण गरेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १७ : ०८
लेखकबाट थप