काठमाडौं ।त्रिमूर्ति निकेतनले विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ कवि गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।यस्तै, यो वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी चर्चित अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिनेछ । ‘देवकोटा काव्य पुरस्कार’ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय भएको छ ।
पुरस्कारका साथ जनही एक/एक लाख रुपैयाँ नगद राशि प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १० : ३४
लेखकबाट थप