काठमाडौं । स्थानीय तह निर्वाचनलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले ६ दिनका लागि विभिन्न सेवाहरू स्थगित गरेको जनाएको छ । निर्वाचनको काममा कर्मचारीहरू खट्ने भएका कारण कार्यालयबाट प्राप्त हुने नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानीलगायत सेवाहरू स्थगित गरेको जानकारी दिएको हो ।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी गरिएको सूचनामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरू स्थानीय तह निर्वाचन २०७९ का लागि विभिन्न मतदान केन्द्रमा खटिएकाले कार्यालयबाट प्रदान गरिने नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी तथा अन्य सिफारिससम्बन्धी कार्यहरू वैशाख २६ गतेदेखि २९ गतेसम्म चार दिन र लाई स्थगित गरेको जनाइएको छ ।
यसैगरी, वैशाख ३० गते निर्वाचन हुने दिन तथा ३१ गते शनिबार परेकोले जेठ १ गते आइतबारदेखि खुल्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १४ : ३०
लेखकबाट थप