काठमाडौ। मकालु गाउँपालिका- ३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले किमाथाङ्का–खाँदबारी सडक एक साता देखि अवरुद्ध हो। सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन्।मकालु गाउँपालिका– ३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।
इन्जिनियर रजकका अनुसार सुक्खा पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खण्ड खुलाउन समस्या भएको बताए। सुख्खा पहिरोले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानीमा भएको छ। सडक खुलाउन उत्तर दक्षिण सडक कार्यालयले स्काभेटर त्यस क्षेत्रमा पुर्याएको भएपनि पहिरो नरोकिएका कारण सडकको पहिरो हटाउन समस्या भएको इन्जिनियर रजकले जानकारी दिए।
त्यस क्षेत्रमा अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन। निर्वाचनको समय भएकोले नागरिकहरुको आवत जावतमा वृद्धि भएको छ। पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १३ : १०
लेखकबाट थप