चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराति साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, ११ : ५७
लेखकबाट थप