काठमाडाैँ । शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । खेलको ३२ औँ मिनेटमा सृजनले गोल गरेर वीरगंजलाई अग्रता दिलाए ।
खेलको ६६ औँ मिनेटमा चन्दन कुमारले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काए । खेल १–१ गोलको बराबरीमा प्रवेश गर्यो ।राकेश विश्वकर्माले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाए ।
यसपश्चात दुवै टोलीले गोल गर्न असफल हुँदा बाजी समाज कल्याणले मार्यो । समाजका रुपेश अधिकारी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोर्टस् क्लब आजै भिड्ने छन् । ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १७ : ०२
लेखकबाट थप