काभ्रेमा मिनीबस र टाटा सुमो ठोक्किँदा ५ जनाको मृत्यु, १८ जना घाइते

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १५ : २०
काभ्रेमा मिनीबस र टाटा सुमो ठोक्किँदा ५ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौँ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको टाटा सुमो ठोक्किँदा ५ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्।

मृतकको खनाखन भइरहेको छ। भारतीय पर्यटक बोकेको यू पी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप ठोक्किँदा दुर्घटना भएको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस