काठमाडौँ। बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदैछ । बुधबार पुल्चोकबाट रथ तान्न शुरु गरिनेछ ।
रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।
यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झण्डै दुई महिना मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, ११ : ०४
लेखकबाट थप