काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक युवक पक्राउ परेका छन्। कुवेतको जजिरा एयरबाट काठमाडौं आएका रूपन्देहीका २८ वर्षीय ती युवकलाई मंगलबार बिहान ७ः०० बजे जाँचका क्रममा पक्राउ परेका हुन्।
मिक्स्चरमा लुकाएर ल्याउँदै गरेको १०० ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए।
उनले सुनलाई मिक्चर मेसिन भित्री भागमा फल्स बटम बनाई सुन लुकाएर ल्याएको भट्टराईले बताए। विदेशबाट आउँदा नेपाली यात्रुले ५० ग्रामको सुनका गहना मात्र ल्याउन पाउने कानुनी व्यवस्था छ।
भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन्। तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १० : ५०
लेखकबाट थप