संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो “संवैधानिक प्रक्रिया” मा फर्किन आग्रह गरेका छन् । सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भन्नुभयो ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ ।’
उनले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै “अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतङ्कवाद विरोधी अभियानहरू” जारी राख्ने वाचा व्यक्त गरेका छन्। उनले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई पश्चिम अफ्रिकी देशहरूलाई समर्थन गर्न आह्वान गरे । गुटेरेस शनिबार साँझ डाकार पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ बैशाख २०७९, १३ : ४६
लेखकबाट थप