काठमाडाैँ । युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुविना र सीतालाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि सहभागी थिए। रुबिना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन्।रुबिनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन्। प्रतियोगितामा ६ टोली सहभागी छन्।
ती टोलीमा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन्। रुबिनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, ११ : १७
लेखकबाट थप