काठमाडाैँ ।हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया छ । गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन् ।
“चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करिब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, उनले भने । शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ ।
विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका हो । प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ ।पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १२ : १६
लेखकबाट थप