काठमाडौं ।गएको चैत्र ३० गते राती संकास्पद मृत्यु भएकी तिलोत्तमास्थित जानकी नगरकी अमृता खत्री टंडनको अन्त्येष्टि अझै हुन सकेको छैन।
माइती पक्षको सहमतिपछि वैशाख ४ गते उनको पोष्टमार्टम गरिए पनि अन्त्येष्टी अझै हुन नसकेको हो ।रुपन्देही प्रशासनले निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका थिए। तर उनको दाहसंस्कार भने हुन सकेको छैन।
अमृताको माइती पक्ष निरन्तर सडक आन्दोलनमा छ भने घर तर्फका सबै जना हिरासतमा रहेकोले पनि अन्यौलता बढाएको स्थानीय प्रशासनले जनाएको छ।माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट भई रहेको छ ।'अब उनीहरूले अन्त्येष्टी गरेर अनुसन्धानमा सघाउँदा राम्रो हुन्थ्यो,' ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १४ : २३
लेखकबाट थप