काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको क्याबिनेट बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।
त्यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला साबिक तातोपानी गाविस अन्तरगत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । यता बारा जिल्ला साबिक प्रसौनी गाविस वडा नम्बर ४ स्थित नेपाल सरकारको नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ । उता, उत्तर दक्षिण मूलबाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने पनि सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १५ : १८
लेखकबाट थप