हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १४ : ४५
हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।  सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस