काठमाडौं । स्थानीय तह निर्वाचनमा ७० भन्दा बढी पत्रकार उम्मेदवार बनेका छन्। अहिले विवरण संकलन तथा अनुगमनको काम भइरहेकाले उम्मेदवारी दिने पत्रकारको संख्या १०० पुग्नसक्ने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।
महासंघले जारी गरेको निर्देशनअनुसार कतिपयले पदबाट राजीनामा दिएर उम्मेदवार बनेको महासंघले जनाएको छ। राजीनामा नदिनेहरू स्वतः निलम्बनमा परेको महासचिव पुरीले बताए। उनका अनुसार महासंघका दुईजना केन्द्रीय सदस्यले राजीनामा बुझाएका छन्। प्रदेश उपाध्यक्ष तथा सचिवहरूले पनि राजीनामा बुझाएको महासंघले जनाएको छ।
महासंघमा आबद्ध भएकाहरूले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न र उम्मेदवार बन्नेलाई पदबाट राजीनामा दिन महासंघले निर्देशन जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १२ : ३९
लेखकबाट थप