२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । उनले वाम गठबन्धनका उम्मेदवार माओवादीका झक्कु सुवेदीलाई पराजित गरे ।
भीमसेनदास प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कु सुवेदीले १५ हजार ४८५ मत पाएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस