काठमाडौं । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ।
नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो। परिषद्ले ‘नेपालमा चुरोटको अवैधानिक व्यापार’ शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी दिइएको छ। परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले काठमाडौं । सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो।
परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको उपचारमा लाग्ने खर्च र सुर्तीजन्य पदार्थले रोगी बनेपछि उत्पादनमा लाग्न नसक्दा हुने घाटासहितको खर्च हिसाब गर्दा वार्षिक ४० अर्ब रुपैयाँ क्षति हुने गरेको देखिएको हो। यो खर्च कुल गार्हस्थ्य उत्पादनको १।०४ प्रतिशत आर्थिक क्षति हो। धुवाँरहित सुर्तीजन्य पदार्थको लागत जोड्ने हो भने खर्च अझ थपिने परिषद्ले जनाएको छ।
सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन विभिन्न तरिका अपनाएर प्रयास गरे पनि अहिलेसम्म सेवनकर्ता उल्लेखनीय रूपमा नघटेको र चुरोट सेवन गर्ने युवा तथा कलेजका विद्यार्थीको संख्या बढिरहेको यसअघिका अनुसन्धानले समेत औँल्याइसकेको परिषद्ले जनाएको छ। ‘नेपालमा कलेज पढ्ने विद्यार्थीको चुरोट प्रयोगमा देखिएको बढ्दो संख्या चिन्ताजनक छ,’ जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीले भने। परिषद्का अनुसार हाल नेपालमा सुर्तीजन्य पदार्थका सेवनकर्ता ३२ प्रतिशत छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ बैशाख २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार छलीका सुर्ती र बिडी बरामद
'सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु'
३४ प्रतिशतले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग