आईपीएल : सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर विजयी

शुक्रबार, ०४ जेठ २०७५, ०८ : ३१
आईपीएल : सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर विजयी

 प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।
एम चिन्नश्वामी रंगशालामा विहीबार राति भएको खेलमा घरेलु टोली बेंग्लोरले हैदरावादमाथि रोमाञ्चक जित हात पारेको हो । २१९ रनको विशाल चुनौति पछ्याउदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रन मात्रै बनाउन सक्यो ।
हैदरावादका लागि कप्तान केन विलियमसनले ४२ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८१ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, मनिष कुमार पाण्डेले ३८ बलमा ६२ रन बनाए । यता, ओपनर ब्याट्सम्यान एलेक्स हलेसले ३७ र शिखर धवनले १८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बैग्लोरका लागि एबी डिविलियर्सले सर्वाधिक ६९ रन बनाए । त्यस्तै, मोइन अलीले ६५ रन बनाएका थिए । बलिङतर्फ हैदरावादका राशिद खानले ३ विकेट लिएका थिए ।  आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस