पल प्रकरण : पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १७ : ५५
पल प्रकरण : पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

काठमाडौं । नायक पल शाहविरुद्ध बलात्कारको आरोप लगाएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बुधवार भएको बकपत्रमा पीडित भनिएकी नाबालिगले जाहेरीको ब्यहोरा झुट्टो भएको बयान दिएकी छन् ।

यसअघि तनहुँ जिल्ला अदालतमा पनि ती नाबालिगले बयान फेरेकी थिइन् । जाहेरी दिएका उनका बुबाले पनि बयान फेरेका थिए । यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल हाल जेलमा रहेका छन् । पलले थुनछेकको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस