‘केजीएफ च्याप्टर २’को हिन्दी भर्सनले दुई दिनमै कमायो १०० करोड

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १७ : ०९
‘केजीएफ च्याप्टर २’को हिन्दी भर्सनले दुई दिनमै कमायो १०० करोड

  काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ।

बिहीबार रिलिज भएको चलचित्रको हिन्दी भर्सनले मात्रै दुई दिनमा १०० करोडको आँकडा पार गरेको छ। पहिलो दिन ५३.९५ करोडको व्यापार गरेको हिन्दी भर्सनले दोस्रो दिन शुक्रबार ४६.७९ करोड कमाइ गरेको हो।बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिन भारतमा मात्रै १३४ करोड ५० लाख बराबरको व्यापार गरेको थियो।

चलचित्रले चार दिनमा १८५ करोडको आँकडा पार गर्नसक्ने तरण आदर्शले बताएका छन्।प्रशान्त नीलको निर्देशन रहेको चलचित्रमा यश मुख्य भूमिकामा छन्। यस्तै बलिउड स्टार सञ्जय दत्त र रवीना टण्डनको पनि चलचित्रमा अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस