चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए । उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए। उनले भने, “ राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।” देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
सडक मार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग
तीन नेताको निलम्बनपछि आक्रोश : राप्रपा नेतृत्वको अन्यायपूर्ण निर्णयविरुद्ध सङ्घर्ष गर्छौँ