काठमाडौं । फिल्म ‘महापुरुष’ निर्माण हुने भएको छ । निर्देशक प्रदीप भट्टराइले आइतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको जानकारी दिएका हुन् । उनले फिल्मको नाम र कलाकार सहित विभिन्न पक्षको उल्लेख गरिएको पोष्टर सार्वजनिक समेत गरेका छन् । पोष्टरको साथमा लेखेका छन्, ‘हामी यहाँहरुसँग भेट्नका लागि ‘महापुरुष’ को साथ आउँदैछौ ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्रीको मुख्य भूमिका रहनेछ । लेखन समेत प्रदीपकै रहेको फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री हुन् ।
षड्कोण आर्टको प्रस्तुति रहने फिल्म चलचित्र विकास बोर्डमा दर्तापछि घोषणा गरिएको हो । फिल्मको छायाङ्कन जेठबाट सुरु हुने निर्माण युनिटले जनाएको छ । जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराइले त्यसपछि केही फिल्म दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १२ : ३६
लेखकबाट थप