चितवन । पुुर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गएको बताएका छन । उनले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताए । खेल क्षेत्रको समग्र विकास मार्फत स्वास्थ्य र सभ्य समाज निर्माण गर्न सबै नागरिकलाई प्रेरित गर्नुपर्ने बताए । ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०७८’ को समापन समारोहमा सहभागी खेलाडिहरूलाई पुरस्कार वितरण गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र न्य ईनडेर खेलहरूको पूर्वाधार निर्माणले यस्को संभावनालाई उजागर गरेको बताए । सो अवसरमा बोल्दै उनले क्रिकेट रंगशालाको बॉकी काम पुरा गर्ने गरी सहमती कायम भई प्रकृया अगाडी बढिरहेको र छिट्टै निर्माण कार्य सुचारू हुने बताए ।
साईकल परा पूर्वकालदेखी मानव जिवनको अभिन्न अंगको रूपमा रहेको भन्दै पछिल्ला दिनहरूमा साईकलिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गरे । सो अवसरमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम छिट्टै सूचारू हुने समेत बताए ।
पूरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रज्ञा स्मृति प्रतिष्ठानले सुन्दर नगरी भरतपुरमा साईकलिङ म्याराथुन गरेर अनुकरणिय काम गरेको भन्दै साईकिलिङ खेललाई प्रवर्दन गर्न मन्त्रालय प्रतिवद्द रहेको बताए । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवर्दन र आर्थिक वृद्दी गर्न सकिने बताए ।
देशका ६ वटा महानगरपालिका विकासका सम्पूर्ण दृष्टिकोणले उत्कृष्ठ देखिएको बताउँदै महानगरपालिका प्रमुख रेनु दाहालको उच्च प्रशंसा व्यक्त गरीन् । सो अवसरमा नागरिक स्तरबाट निर्माण सुरू गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बॉकी काम अगाडी बढाउँन नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमै व्यवस्था गरेर अगाडी बढाउँने बताइन । उनले राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनैपनि हालतमा अलपत्र नबन्ने समेत बताइन।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकुद समितिले सोहि वमोजिम आफ्ना गतिविधिहरू अगाडी बढाएको बताए ।
कार्यक्रममा ३ घण्टा २३ मिनेटमा ६५ कि.मि पुरा गरी मेरिना राना मगर प्रथम भएकी छन भने सुधा तिमिल्सिनाले ४ घन्टा १२ मिनेट १३ सेकेन्डमा मा ६५ कि .मि पार गरी दोस्रो भएकी छन् । त्यस्तै पुरूष तर्फ २ घन्टा १२ मिनेट १९ सेकेन्डमा ६५ कि.मि पुरा गरी सन्दिप श्रेष्ठ प्रथम भएका छन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै त्रिभूवन आर्मी क्लब बाट दिपेश चौधरी दोश्रो भएका छन ।म्याराथुनमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो ।
म्याराथुनमा उत्कृष्ठ साईकल राईडर सुरज राना मगरले १ घन्टा ५६ मिनेटमा ६५ कि.मि दुरी पुरा गरी सर्वोत्कृष्ठ भएका छन् ।कार्यक्रमा विभिन्न विधाका ४१ जना विजयी खेलाडिहरूलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा ११ जिल्ला बाट खेलाडिहरू सहभागी भएका थिए भने विभागिय टोली नेपाल आर्मी र एपिएफ बाट समेत सहभागिता रहेको थियो । नेपाल साईकलिङ संघले खेलाडिहरूको संयोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, १३ : २१
लेखकबाट थप